अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादका लागि वितरण गर्ने होइन पहिले पुँजिवाद विकास गरौं: सुरेन्द्र पाण्डे

समाजवादका लागि वितरण गर्ने होइन पहिले पुँजिवाद विकास गरौं: सुरेन्द्र पाण्डे


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा समाजवाद ल्याउनका लागि पुँजिवादको विकास गर्नुपर्ने र त्यसका लागि बाँड्ने होइन कमाउने नीतिमा जोड दिनुपर्ने बताउनु भएको छ।

एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको वागमति प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले चीनमा माओत्से तुङको वर्ग संघर्षको नीति छाडेर देङ स्याओ पिङले उत्पादन गरेर कमाउँने नीति लिएपछि कम्युनिस्ट शासन बलियो बनेको उदाहरण दिनुभयो।

उपाध्यक्ष पाण्डेले समाजवादमा बाँड्ने भन्दा पनि कमाउने कुरामा जोड दिनुपर्ने आफ्नो निष्कर्ष रहेको सुनाउनु भयो। उहाँले धन कमाउने कुरा कम्युनिस्ट सिद्धान्त होइन भन्ने गलत परम्परा बदल्नुपर्ने समेत बताउनुभयो।

उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘नेपालमा जबसम्म पुँजिवादको विकास हुँदैन तबसम्म समाजवाद आउँदैन। त्यसका लागि हरेक मान्छेलाई कमाउने कुरामा संलग्न गराउनुपर्छ। कतिपय मानिस अहिले नै वितरण गरौं समाजवाद यहि हो भन्छन्। तर खल्तिमा भए पो वितरण गर्ने ? त्यसैले समाजवादका लागि वितरण गर्ने होइन कमाउने कुरामा जोड गरौं । कमाउन प्रतिस्पर्धा गरौं,तपाईहरुको हातमा पैसा भयो भने सरकारले एक सेकेण्डमा तान्न सक्छ ।’

अधिवेशनलाई एमाले निकट उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा लिम्बु,पर्यटन व्यवसायी संगठनका कार्यवाहक अध्यक्ष राजेन्द्र सापकोटालगायतले सम्बोधन गर्नुभएको थियो ।