अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री किराँतीलाई बरखास्त गरेर धार्मिक विवाद बढ्न दिनुहुँदैन : नेता रिजाल 

मन्त्री किराँतीलाई बरखास्त गरेर धार्मिक विवाद बढ्न दिनुहुँदैन : नेता रिजाल 


काठमाडौँ–नेकपा एमालेका नेता विष्णु रिजालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बरखास्त गरेर धार्मिक विवाद बढ्न नदिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले पशुपति क्षेत्र विकास कोषको अध्यक्ष समेत रहेका मन्त्री किराँतीलाई अविलम्ब बर्खास्त गरेर धार्मिक विवाद बढ्न दिन नहुने बताउनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’नेपाल हिन्दु बहुल राष्ट्र हो र यहाँ धार्मिक सहिष्णुता छ । जति कोसिस गरे पनि धर्ममा राजनीति घुसाउने प्रयास सफल हुन सकेको छैन । यसबाट चिन्तित भएकाहरु बहुसंख्यक हिन्दुहरूलाई भड्काउने र अतिवाद सिर्जना गर्ने प्रयत्नमा छन् । सुदन किराँतीको उद्देश्य पनि यसभन्दा फरक देखिन्न । यस्ता अभिव्यक्तिबाट जसको चाकडी गरेर दुनो सोझ्याउन खोजिएको हो, तिनलाई पनि अप्ठेरोमा पारेको हुनुपर्छ ।’  

नेता रिजालले प्रधानमन्त्रीले छिमेकमा भ्रमणमा जाँदा धोतीपाटा फेरेर मन्दिर दर्शन गर्नुभन्दा आफ्नो देशभित्र धार्मिक सहिष्णुतामा खलल पर्न नदिनु बुद्धिमानी हुने पनि बताउनुभएको छ ।