अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री किराँतीलाई नेता रावलको प्रश्न–किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?

मन्त्री किराँतीलाई नेता रावलको प्रश्न–किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?


काठमाडौँ–नेकपा एमालेका नेता डा भीम रावले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । 

आज सामाजिक सञ्जालमा लेख्दै नेता रावलले मन्त्री किराँतीको क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीको विरोध गर्नुभएको हो । उहाँले किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो भन्दै प्रश्न गर्नुभएको छ । 

उहाँले लेख्नुभएको छ, नेता रावलले भन्नुभएको छ, ‘मन्त्री सुदन राई किराँतीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न : के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो ।’

मन्त्री किराँतीले बुधबार एक कार्यक्रममा क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दामा पाता कसेर जेल हाल्ने चेतावनी दिनुभएको थियो । त्यसपछि उनको चर्को विरोध भइरहेको छ ।