अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा रवि लामिछाने माथी खोया प्रहार

पोखरामा रवि लामिछाने माथी खोया प्रहार


पोखरा -राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो। सो प्रहारपछि सभालाई सम्बोधन गर्दै लामिछानेले यो घटनाबाट प्रतिशोध नभई शिक्षा लिएको बताउनुभयो।
‘म यो मकैको घोघालाई आफ्नो घरमा झुन्ड्याएर राख्नेछु। प्रतिशोध लिएर होइन, शिक्षा लिएर। नेपाली जनताले कत्रो अपेक्षा गरेका छन् हेर। यदी तैँले बाटो बिराइस भने आज त घोघा पाइस् तैँले, यदी तैंले बाटो बिराइस् भने कल्पना गर के मात्र पाउँछस् भनेर मलाई चेतावनी दिइएको हो,’ सभापति लामिछानेले भन्नुभयो ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु। मैले यसलाई मेरो सपना पूरा नहुने बेलासम्म जोगाएर राख्नेछु। कुहिन दिन्नँ, झर्न दिन्नँ।

लामिछानेले खोया प्रहार गर्ने ती युवालाई भेट्ने बताउनुभएको छ।

‘म उहाँलाई भेट्न छिटै उहाँको घरमा जानेछु। उहाँको समस्या समाधान नभएको रहेछ भने म उहाँको समस्या समाधान गर्न अग्रपंक्तिमा लाग्नेछु,’ सभापति लामिछानेले भन्नुभयो।