अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्मेलन गर्नुहुने 

एमाले अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्मेलन गर्नुहुने 


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्नुहुने भएको छ । अध्यक्ष ओलीले आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गर्नुहुने भएको हो ।

एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो । 

सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।