अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दलका शीर्ष नेताहरुबिच बालुवाटारमा छलफल 

तीन दलका शीर्ष नेताहरुबिच बालुवाटारमा छलफल 


काठमाडौँ–तीन ठुला पार्टीको शीर्ष नेताहरुबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको हो । 

भेटमा सङ्क्रमणकालीन न्यायको विषयमा छलफल भएका रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।  

शीर्ष तीन नेताहरूबिचको छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित हुनुभएको थियो ।