अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दलका शीर्ष नेताको बैठक सकियो

तीन दलका शीर्ष नेताको बैठक सकियो


काठमाडौं-ठूला तीन दलका शीर्ष नेताको छलफल सकिएको छ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बसेको बैठक भोलि पुन: बस्ने गरी सकिएको हो।

एमाले अध्यक्ष ओलीको सचिवालयले अनुसार सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने लगायत विषयमा छलफल भएको हो। सोमबार पुनः बैठक बस्ने सहमति भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेत सहभागी हुनु भएको थियाे।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी सरकारको छ। त्यसका लागि सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको सरकारले बताउँदै आएको छ।