अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकल्प यात्राले राजतन्त्र फर्काउँछौँ भन्नेको भाष्य असान्दर्भिक बनायो: अध्यक्ष ओली

संकल्प यात्राले राजतन्त्र फर्काउँछौँ भन्नेको भाष्य असान्दर्भिक बनायो: अध्यक्ष ओली


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ दिनसम्म चलेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ले राजनीतिक रुपमा स्थापित गर्न खोजिएका गलत भाष्यहरू असान्दर्भिक बनाइदिएको दाबी गर्नुभएको छ।

यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशबारे जानकारी गराउन आइतबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कोही कोही राजतन्त्र फर्काउँछौं, यो अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्ने भाष्यहरूलाई असान्दर्भिक बनाइदिएको छ। सामाजिक सद्भाव, एकता बिथोल्ने खालका चेतना सम्भव छैन।’

अध्यक्ष ओलीले यात्राका क्रममा अहिले पनि केही मान्छेहरू राणा शासन र पञ्चायत नै ठिक थियो भन्ने भेटिने गरेको भन्दै उक्त कुरा स्वीकार्य हुन नसक्ने बताउनु भयो।

‘राणा शासन नै राम्रो थियो र पञ्चायत नै राम्रो थियो भन्ने पनि भेटिन्छन्। त्यो ग्राह्य, स्वीकार्य हुन सक्दैनौँ। हामी गलत भाष्यलाई चिर्न र नयाँ यथार्थ भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भन्नुभयो, ‘हामी सफल भएका छौँ। एउटा राजनीतिक रूपमा रहेको अस्थिरता, अन्यौल, निराशा जस्ता कुराहरूले जनतामा आइरहेको नैराश्य भावलाई यस यात्राले चिर्ने काम गरेको छ।’

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डात्तोलन गरी सुरु भएको यो अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म चलेको थियो।

अभियानअन्तर्गत एमालेले विभिन्न जिल्लामा आमसभाहरू गरेको थियो। १८ दिनसम्म चलेको अभियानको अन्तिम आमसभा भने मंसिर ३० गते पाँचथरको फिदिममा भएको थियो।