अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार भ्रष्टाचारको दुष्चक्रमा फस्यो: अध्यक्ष ओली

गठबन्धन सरकार भ्रष्टाचारको दुष्चक्रमा फस्यो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनकाे सरकार कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको बताउनुभएको छ।  

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले यात्राको क्रममा भ्रष्टाचार विकास आयोजनको पर्याय जस्तै बनेको बताउनुभयो।

भ्रष्टाचार, कमिसन र अनियमितताको कारण विकास र समृद्धिको काम ठप्प भएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यही कुशासनको दुष्चक्र भित्रबाट देश विकासको सपना देख्न सकिँदैन।’  

सुखी नेपाली समृद्धि नेपाल नेकपा एमालेले आफ्नो आकांक्षाको रूपमा लिएकोले यसलाई पूरा गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो। लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र सुशासनको पक्षमा नेकपा एमाले निरन्तर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। 

यात्राको क्रममा नेकपा एमालेको देश र जनता प्रतिको बुझाइ निक्कै फराकिलो भएको उहाँले बताउनुभयो। कुनै पनि विश्वविद्यालयबाट प्राप्त गर्न नसक्ने ज्ञान यात्राको क्रममा प्राप्त भएको उहाँले प्रष्ट पार्नुभयो।