अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारबाट विकासको सपना देख्न सकिँदैन: अध्यक्ष ओली

वर्तमान सरकारबाट विकासको सपना देख्न सकिँदैन: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनकाे सरकारबाट विकास र सुशासनको सपना देख्न नसकिने बताउनु भएको छ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आज पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले साे कुरा बताउनुभएको हो।

अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्युह, भ्रष्टाचार र कमिशनतन्त्रलाई निरन्तरता दिन नसकिने बताउनुभयो । उहाँले मुलुकमा सुशासन दिने शासक चाहिने बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सत्ता गठबन्धन सरकारबाट, यही कार्यशैली, यही तरिकाबाट कुशासन, भ्रष्टाचार र कमिशनतन्त्रको बिचमा विकासको सपना देख्न सकिँदैन।’

अध्यक्ष ओलीले एमालेले गरिरहेको समृद्धिका लागि संकल्प यात्रा भनेको यसै शासनको निरन्तरता नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुशासन चाहिन्छ। सुशासन दिन सक्ने सरकार चाहिन्छ। त्यसपछिमात्र खास देशको विकास हुन्छ।’

अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताउनु भयो।