अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता पक्षका व्यवसायीहरू बाहेक अरूको भागाभाग अवस्था छ: अध्यक्ष ओली

सत्ता पक्षका व्यवसायीहरू बाहेक अरूको भागाभाग अवस्था छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको सन्दर्भमा भूगोल र जनताको मागका विषयमा सरकारसँग गम्भीर छलफल गर्ने बताउनु भएको छ।

एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा उक्त कुरा राखेको बताउनुभयो। यस विषयमा सरकारलाई लिखित रूपमा नै ध्यानाकर्षण गराउने ओलीले जानकारी दिनुभयो।

काम कसले गर्‍यो भन्ने कुरा प्रमुख नहुने भन्दै ओलीले काम भयो कि भएन भन्ने कुरा प्रमुख भएको बताउनुभयो । त्यसैले मध्यपहाडी लोकमार्गको बाँकी काम सरकारले तत्काल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। 

अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गको बाँकी काम सरकारले तत्काल गर्नुपर्नेमा जोड दिनुभयो।

नेपालको विद्युत् कसैले किन्छ कि किन्दैन, नेपालको कृषि उत्पादन कसैले लिन्छ कि लिँदैन भन्ने भन्दा पनि अहिले उत्पादन कसरी गर्ने र लगानीमैत्री वातावरण कसरी बनाउने भन्ने विषय प्रमुख विषय रहेको ओलीले बताउनु भयो। उहँले भन्नुभयो, ‘दुईचार जना सत्ता पक्षका लगानी कर्ता बाहेककाको त भागारेभागको अवस्था छ त।’ 

नेपालले अहिले बजार खोज्ने बेला भइनसकेको ओलीले बताउनु भयो। यतिबेला औद्योगिकीकरण र त्यसको लागि वातावरण बनाउने तर्फ नै सोच्नु पर्ने अध्यक्ष ओलीले बताउनुभयो।

अध्यक्ष ओलीले नेपालका छिमेकीले बिना आग्रह नेपालको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । बिरालो कालो भए पनि, सेतो भए पनि मुसा मार्नु पर्ने उहाँले बताउनु भयो। नेपालको प्राथमिकता र आवश्यकतालाई प्राथमिकतामा राखेर जसले सस्तो र बढी सहयोग र लोन दिन्छ ऊसँग लिनु पर्नेमा उहाँले जोड दिनुभयो।

यस्ता कुरामा केन्द्रित नभएर सत्ता केन्द्रित भयो भने देशको राजनीतिक स्थायित्व, स्थिरता र स्वाभिमान जोगाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो । सत्ता केन्द्रित भएर होइन सार्वभौमसत्ता राष्ट्रको हिसाबले सबै छिमेकी र सहयोगी राष्ट्रलाई हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।