अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संकल्प यात्राका उपलब्धि सार्वजनिक (पूर्ण पाठसहित)

एमालेको संकल्प यात्राका उपलब्धि सार्वजनिक (पूर्ण पाठसहित)


काठमाडाैं-नेकपा एमालेले झुलाघाट-चिवाभञ्याङ समृद्धिका लागि संकल्प यात्राकाे उपलब्धि सार्वजनिक गरेकाे छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर एमालेले संकल्प यात्राका उपलब्धि सार्वजनिक गरेकाे हाे । संकल्प यात्राकाे समीक्षा र उपलब्धि सार्वजनिक तथा सञ्चारकर्मीसँगकाे अन्तक्रिया कार्यक्रममा बाेल्दै एमाले अध्यक्ष ओलीले याे पूर्ण रुपमा सफल भएकाे बताउनुभयाे ।

जनतामा उत्साह थप्न, अहिलेकाे सरकारका कारण जनतामा बढेकाे निराशालाई आशामा बदल्न, मध्यपहाडका समस्या उजागर गरेर तिनकाे समाधान केन्द्रित याेजना बनाउन संकल्प यात्रा सफल भएकाे एमालेकाे ठहर छ।

पत्रकार सम्मेलनमा एमालेले तीन साता लामो यात्राका क्रममा खासगरी मध्यपहाडको आर्थिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या बुझ्ने मौका पाएको जनाएको छ।

बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरका चिवाभञ्ज्याङ पुगेर समापन भएको उक्त यात्रामा एमालेले गोठाला पानी, अमरगढी, सिलगढी, साँफेबगर, मङ्गलसेन, राकम–कर्णाली, दैलेख बजार, सुर्खेत, सल्ली बजार, सिम्ता, छेडागाड, रिम्ना, रुकुमकोट, लुकुम, बुर्तिबाङ, वामीटक्सार, गलकोट, बागलुङ, कुस्मा, हेम्जा, अमरसिंह चोक, तालचोक, सुन्दरबजार, पालुङटार, आरुघाट, बट्टार, छहरे, बाहुनेपाटी, कुन्ताबेसी, खाडिचौर, चरिकोट, मन्थली, खुर्कोट, हर्कपुर, दिक्तेल, पङ्खु, अन्नपूर्ण, भोजपुर, वसन्तपुर, सक्रान्तिबजार, फिदिम, च्याङ्थापु लगायतका स्थानमा ठुला सभा गरेको थियो । त्यस्तै १०० भन्दा बढी संक्षिप्त सभा, जनभेला र भेटघाटहरू भएको एमालेले जनाएको छ।

देशकै लागि असाधारण घटना र नयाँ शैलीकाे संकल्प यात्रालाई एमालेका नेता-कार्यकर्ता मात्र नभएर अरु पार्टी र सम्पूर्ण संघ-संस्थाले स्वीकार गरेका पनि एमालेले जनाएकाे छ। 

एमालेले गरेकाे संकल्प यात्रालाई देशले नै असाधारण घटनाक्रम मानेकाे हुनुपर्ने भन्दै अध्यक्ष ओलीले यसरी चुनाव नभएका बेला पनि जनताका माझ जाने नयाँ शैली एमालेले थालेकाे बताउनुभयाे । यी समस्या समाधानका गर्न तत्कालका लागि के गर्न सकिन्छ र दीर्घकालीन रुपमा पनि के गर्ने भन्ने याेजना बनाउनैपर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।

संकल्प यात्राले लाेकतान्त्रिक गणतन्त्रप्रतिकाे जनसमर्थनलाई थप सुद‍‍ृढ र मजबुत बनाएकाे एमालेले जनाएकाे छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा एमालेले १८ दिने संकल्प यात्रा गरेकाे थियाे । सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय भन्ने नारासाथ मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा पुस १ गते पाँचथरकाे चिवाभञ्ज्याङ पुगेर सम्पन्न भएकाे थियाे ।

यस्ता छन् उपलब्धि: