अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टीआरसी टुंग्याउन तीन शीर्ष नेताबीच सोमबार पनि छलफल हुने

टीआरसी टुंग्याउन तीन शीर्ष नेताबीच सोमबार पनि छलफल हुने


काठमाडौं-टीआरसी भनेर चिनिने संक्रमणकालीन न्याय सम्बन्धी विषयमा सोमबार पनि तीन नेताबीच छलफल हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल जारी रहने बालुवाटार स्रोतले जनाएको छ।

छलफलका लागि प्रधानमन्त्री दाहालले सोमबार अपरान्ह साढे चार बजे तीन नेताको बैठक बोलाउनु भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

सो विधेयक संसदमा विचाराधिन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरुबीच सहमति नजुटेकाले संसदको बजेट अधिवेशनमा पेस भएको थिएन।

सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।