अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडको संकल्प यात्रामा जनताको अभूतपूर्व समर्थन प्राप्त भएको छ: शंकर पोखरेल

मध्यपहाडको संकल्प यात्रामा जनताको अभूतपूर्व समर्थन प्राप्त भएको छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियानले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको निष्कर्ष सुनाउनु भएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आज बसेको बैठकमा बोल्दै महासचिव पोखरेलले यात्रामा जनताको अभूतपूर्व समर्थन प्राप्त भएको निष्कर्ष सुनाउनुभयो । बैठकमा महासचिव पोखरेलले भन्नुभयो, ‘एमालेको संकल्प यात्राले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको छ, एक हिसावमा भन्दा जसरी जनताको समर्थन प्राप्त भयो, त्यस हिसाववमा यो यात्राले सिंगो नेपाललाई जोडने काम गरेको छ।’

बैठकमा महासचिव पोखरेलले यात्राको विषयमा समग्र पाटो बारे जानकारी गर्दै विश्लेषण राख्नुभएको थियो। ‘संकल्प यात्रा सोचेभन्दा प्रभावकारी बन्यो ।’ यात्राका प्रभाव मूल्यांकन र सन्देश प्रवाह त्योभन्दा महत्वपूर्ण हुन्छ भन्ने महासचिव पोखरेलको भनाई थियो।

‘आन्तरिक रुपमा जसरी एकतावद्ध एमाले थियो, नेतृत्वप्रति जुन विश्वास थियो, बाहिर अलिअलि बिरोध र आरोपहरु थिए, अर्थात बाहिर सिंगो पार्टीको नेतृत्वलाई सुदृढ गर्न सकिएको थिएन। तर यो यात्राले नेतृत्वप्रति जनताको अगाध आस्था, विश्वास छ भन्ने प्रमाणित गरेको छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अब बुझाइमा रहेको भिन्नता तोडिएको छ। यात्राको सवभन्दा ठूलो सफलता आन्तरिक रुपमा यो हो। पार्टी पनि सुदृढ भको छ नेतृत्वको मामलामा। जनता र कार्यकर्तासंगको सम्बन्ध सुदृढ भएको छ। यात्राका क्रममा आफना मान्यताहरूलाई सफल कार्यान्वयन गरेको छ।’

महासचिव पोखरेलले यात्राले अबको राजनीतिक एजेण्डा विकास र समृद्धि भएको तथ्यलाई पनि स्थापित गरेको बताउनुभयो। ‘अबको राजनीतिकको मूल एजेण्डा विकास र समृद्धि हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ,’ पोखरेलले भन्नुभयो, ‘यात्रामा नजोडिएकाहरूले पनि यात्राको खुलेर प्रसंशा गरे । तीन साता एमालेको एजेण्डा वरीपरी राष्ट्रिय राजनीतिलाई केन्द्रित गरेको छ।’

एमालेको संकल्प यात्राले प्रतिगमनकारी र ब्यवस्थाबिरोधीको योजनालाई धुजाधुजा पारेर च्यातिदिएको निश्कर्ष पनि महासचिव पोखरेलले सुनाउनुभयो। ‘धर्मको राजनीति, जातीय अतिवादप्रति जनता छैनन् भन्ने प्रमाणित गरेका छन्, प्रतिगामीको योजना चकनाचुर बनेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

यस्तै उहाँले मुलुकको साँस्कृतिक बिबिधतालाई यात्राले जोडने काम गरेको पनि बताउनुभयो । ‘साँस्कृतिक विविधता एकै पटक पोखियो नेपालको। नेपाल चिनाउने संस्कृतिक आधार छ। आफनो सांस्कृतिक पहिचानसहित एमालेको कार्यक्रममा सहभागी हुने कुरा ऐतिहासिक रह्यो,’ महासचिव पोखरेलले भन्नुभयो । यस्तै मध्यपहाडमा स्वतःस्फुर्त रुपमा आफनो उत्पादनबारे किसानले परिचय गराउने काम गरेको उहाँले बताउनुभयो।

महासचिव पोखरेलले १८ दिनको यात्रामै आफूहरु मध्यपहाडी क्षेत्रका जनताका सरोकारहरूलाई संकलन गर्न सफल भएको निश्कर्ष पनि सुनाउनु भयो । यात्राले त्यस क्षेत्रका बिकासका कामबारे पनि आफूहरुको सिंगो टीम जानकार भएको उहाँले बताउनु भयो । ‘मध्यपहाडी लोकमार्गलाई राजमार्गको रूपमा बिकास गर्न ध्यान केन्द्रित गर्न सकिएको रहेनछ भन्ने अनुभूति भएको छ,’ महासचिव पोखरेलको भनाई थियो ।

बैठकमा बोल्दै महासचिव पोखरेलले यात्राले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि मजबुत आधार खडा गरेको निश्कर्ष सुनाउनु भयो । ‘बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसक्ने हो भने देशको बिकास र समृद्धिको सपना साकार पार्न सकिन्न भन्ने प्रष्ट भयो । जनमत धेरैतिर बाँडिदा बलियो राष्ट्रिय शक्ति बन्न सकेन। अब हाम्रो ध्यान बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ भन्ने हाम्रो अभियानलाई थप बल दिएको छ,’ महासचिव पोखरेलले भन्नुभयो।