अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रमुख तीन दलको बैठक बालुवाटारमा

प्रमुख तीन दलको बैठक बालुवाटारमा


काठमाडौँ-प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरूबीच बैठक सुरु भएको हो। 

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत नेताहरूको सहभागिता हुनुहुन्छ। 

उक्त बैठकमा नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र नेता राधेश्याम अधिकारी पनि सहभागी हुनुहुन्छ ।

नेकपा एमालेबाट संसदीय दलका सचेतक महेश बर्तौला र नेता अग्नि खरेल पनि सहभागी हुनुहुन्छ। उता माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेक हितराज पाण्डे र अर्का नेता खिमलाल देवकोटा पनि छलफलमा सहभागी भएका छन्। 

यसअघि आइतबार पनि प्रधानमन्त्रीले सभापति देउवा र अध्यक्ष ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल गर्नुभएको थियो।  छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी हुनु भएको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

उक्त विधेयक संसदमा विचाराधीन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरूबीच सहमति नजुटेकाले संसदको बजेट अधिवेशनमा पेस भएको थिएन।

सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।