अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा तीन दलका शीर्ष नेताहरूको बैठक जारी

बालुवाटारमा तीन दलका शीर्ष नेताहरूको बैठक जारी


काठमाडौं-सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन बालुवाटारमा प्रमुख तीन शीर्ष नेताहरुबीच बै७ भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउनेबारे कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको हो ।

उक्त बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानूनमन्त्री धनराज गुरुङ र नेता राधेश्याम अधिकारी पनि सहभागी हुनुहुन्छ।

नेकपा एमालेबाट संसदीय दलका सचेतक महेश बर्तौला र नेता अग्नि खरेल पनि सहभागी हुनुहुन्छ। उता माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेक हितराज पाण्डे र अर्का नेता खिमलाल देवकोटा पनि छलफलमा सहभागी भएका छन्।

हिजो पनि तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको थियो । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट यसलाई टुंग्याउने तयारी गरेको छ ।