अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिथि एक–पर्व अनेक : अध्यक्ष ओली 

तिथि एक–पर्व अनेक : अध्यक्ष ओली 


काठमाडौँ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  तिथि एक–पर्व अनेक भएको उल्लेख गर्नुभएको छ । उँधौली पर्व,  यःमरी पुन्हि र धान्य पूर्णिमाको अवसरमा शुभकामना दिनुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।  

‘तिथि एक–पर्व अनेक !! पूर्वी नेपालमा उल्लासमय रूपमा मनाइने उँधौली पर्व आजै हो ।  काठमाडौँ उपत्यकामा योमरी पुन्ही पनि आजै पर्छ । देशका विभिन्न भागमा विभिन्न कुल वंशको कुलपूजा गर्ने धान्य पूर्णिमा पनि आजै’, अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ,’हाम्रो विविधता, हाम्रो पूँजी ! उँधौली पर्व, योमरी पुन्ही र धान्य पूर्णिमाको शुभकामना !’

नेवार समुदायको यःमरी पूर्णिमा, किराँत समुदायको चाड उँधौली, ज्यापु दिवस र धान्य पूर्णिमा आज एकैदिन परेको छ ।