अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले भन्यो–प्रचण्ड सरकार इतिहासको सर्वाधिक असफल र कमजोर  

एमालेले भन्यो–प्रचण्ड सरकार इतिहासको सर्वाधिक असफल र कमजोर  

प्रधानमन्त्रीका प्रतिबद्धता पत्याउने कुनै आधार छैन : प्रमुख सचेतक गिरी


काठमाडौँ–नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संयुक्त सरकार इतिहासको सर्वाधिक असफल र कमजोर सरकार रहेको टिप्पणी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकार एक वर्षमा सबै क्षेत्रमा असफल भएको बताउनुभएको हो । 

‘यो एक वर्ष फर्किएर हेर्नु हो भने सरकार सबै क्षेत्रमा असफल छ । देशमा सुशासन कायम गर्न सकेन, भ्रष्टाचार व्यापक रुपमा मौलाएको स्थिति छ, विकासका काम ठप्प रुपमा रह्यो । पुँजीगत खर्च अति न्यून भयो । युवा पलायनलाई रोक्ने ध्यान दिन सकेन । उद्योगी, किसान, मजदुर सबै क्षत्रमा आर्थिक मन्दीको आक्रान्त छन् । यसबाट माथि उठ्न ठोस केही दिन सकेन’, उहाँले भन्नुभयो,’सुन तस्करीदेखि लिएर सबै क्षेत्रमा सरकारको मिलेमतो देखिन्छ । यसकारण सारमा भन्ने हो भने यो सरकार इतिहासको सर्वाधिक असफल र कमजोर सरकार रह्यो ।’

प्रमुख सचेतक गिरीले प्रधानमन्त्री प्रचण्डले गरेका प्रतिबद्धता पत्याउने कुनै आधार नरहेको बताउनुभएको छ । 

उहाँले भन्नुभयो,’उहाँले पहिला पनि भन्नुभएको थियो, म यसभन्दा अगाडि दुई पटक प्रधानमन्त्री भए त्यो अवसर गुमाए । यसपटक म गुमाउँदैन, देशको लागि काम गर्छु भन्नुभयो । तर उहाँले एक वर्षमा देशका लागि केही गर्नुभएन । निश्चित स्वार्थ समूहका काम गर्ने, विदेशीलाई रिझाउने र सत्तामा टिक्ने बाहेक उहाँले अरु केही गर्नुसक्नु भएन ।’ 

प्रधानमन्त्री प्रचण्डले एक वर्ष पुगेको अवसरमा हिजो आफूले गरेका काम र अब गर्ने काम सार्वजनिक गर्नुभएको थियो ।