अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली पुस १३ गते चितवन जानुहुँदै

एमाले अध्यक्ष ओली पुस १३ गते चितवन जानुहुँदै


चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस १३ गते चितवन जानु हुने भएको छ।

कालिका नगरपालिकामा रहेको भीमोदय माविको स्वर्णमहोत्सव समारोहमा सहभागी हुनका लागि अध्यक्ष ओली चितवन जान लाग्नु भएको हो ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले दिएको जानकारी अनुसार अध्यक्ष ओली १३ गते बिहान ११ बजे भरतपुर विमानस्थल आइपुग्ने र त्यसपछि कालिका नगरपालिका जाने कार्यक्रम तय भएको छ।

कालिका नगरपालिका खोलेसिमलमा कार्यकर्ता भेटघाटमा सहभागी भएपछि अध्यक्ष ओली विद्यालयको स्वर्ण महोत्सव समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ।

पूर्व प्रधानमन्त्री ओलीले विद्यालयमा बनेको स्वर्णद्धार उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको छ। स्वर्ण महोत्सव समारोहको दिन बाजागाजासहित विभिन्न जातजातिका झाँकी निकाल्ने तयारी छ।

२५ हजार भन्दाबढी चन्दादिने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय संस्थापक, संस्थापक शिक्षक, पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ।