अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक : नेता बास्कोटा

डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक : नेता बास्कोटा


काठमाडौँ–नेकपा एमालेका नेता गोकुल बास्कोटाले डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले उद्योगीले प्रयोग नगरेको डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा लाइन काट्नु खेदजनक रहेको बताउनुभयो हो ।

‘उद्योगीले प्रयोग नै नगरेको बिजुलीको पैसा असुल्न बाँकी देखाएर विद्युत्  प्राधिकरणले नक्कली नाफा देखाउने गरेको, लाइसेन्स बेच्ने, प्रसारण लाइन नबनाउने, सस्तोमा भारतलाई बेच्ने महँगोमा किन्ने गरेको धेरै वर्ष भो’, नेता बास्कोटाले लेख्नुभएको छ, ‘प्रयोग नगरेको डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक छ ।’

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत विद्युत् महसुल नबुझाएको भन्दै उद्योगहरुको विद्युत् लाइन काट्दै आएको छ ।