अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 रविलाई नेता रिजालको सुझाव–गल्ती भएपछि साइबर सेनाको सहायताले होइन, कानुन अनुसार मुक्ति पाइन्छ

 रविलाई नेता रिजालको सुझाव–गल्ती भएपछि साइबर सेनाको सहायताले होइन, कानुन अनुसार मुक्ति पाइन्छ


काठमाडौँ–नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गल्ती भएपछि साइबर सेनाको सहायताले नभई कानुन अनुसार सल्टाएर मुक्ति पाइने सुझाव दिनुभएको छ ।  

पछिल्लो समयमा सभापति रवि लामिछाने सहकारीमा जोडिएको विषय बाहिरिएको थियो । त्यसको रास्वपाका नेताहरुले प्रतिवाद गर्दै आएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले सभापति लामिछानेलाई गल्ती नभए साइबर सेनाको सहायताले नभई कानुन अनुसार मुक्ति पाइने बताउनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’रविजीले सबै नेता अयोग्य हुन्, लुटेरा हुन्, अपारदर्शी छन्, पुराना दल र नेताले सक्दैनन्, त्यसकारण म योग्य छु, म नयाँ छु, मैले मात्र गर्न सक्छु भन्ने भाष्य खडा गरेर ‘नफरत’को  राजनीति गर्नुभएको छ । त्यसको एउटा झलक पोखरामा आफैँ भोगिसक्नुभयो । नागरिकता, व्यक्तिगत जीवनका अरु कुरा छाडिदिऔँ, सहकारीका सन्दर्भमा आएका विषयहरु जति ठूलो स्वरले चिच्याए पनि, मिडियालाई गाली गरे पनि लुकाउन सकिँदैन ।’