अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको ‘मेलमिलाप दिवस’मा अध्यक्ष ओलीलाई  निम्तो

कांग्रेसको ‘मेलमिलाप दिवस’मा अध्यक्ष ओलीलाई  निम्तो


काठमाडौँ–नेपाली कांग्रेसले पार्टीको ‘मेलमिलाप दिवस’मा एमाले अध्यक्ष ओलीलाई वक्ताका रुपमा निम्तो दिएको छ । यही पुस १६ गते हुने कांग्रेसको ‘मेलमिलाप दिवस’मा अध्यक्ष ओलीलाई सभापति शेरबहादुर देउवाले फोन गरेर निम्तो दिनुभएको हो ।

कांग्रेसले १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पुस १६ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमका लागि वक्ताका रुपमा  सभापति देउवाले अध्यक्ष ओलीलाई फोन गरेर निम्तो दिनुभएको हो ।

आज कार्यक्रममा आमन्त्रणका लागि औपचारिक रुपमा पत्र नै पठाउने कांग्रेसले जनाएको छ ।