अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको निर्देशन

पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको निर्देशन


काठमाडौं-नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाउन महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई निर्देशन दिनु भएको हो ।

प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन महासचिव पाखरेलले निर्देशन दिनु भएको हो।