अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको अकर्मण्यता र गलत नीतिका कारण देशको अर्थतन्त्र धराशायी बन्यो: कमल थापा

सरकारको अकर्मण्यता र गलत नीतिका कारण देशको अर्थतन्त्र धराशायी बन्यो: कमल थापा


काठमाडौं-राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको अकर्मण्यता र गलत नीतिको कारणले देशको अर्थतन्त्र धराशायी बनेको बताउनु भएको छ।

बिहीबार काठमाडौँमा आयोजित राप्रपा नेपालको मध्यमाञ्चल स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संस्कृतिमन्त्री सुदन किराँतीको क्रिष्चियन नमान्ने संविधान विरोधी हुन् भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ९४ प्रतिशत सनातन धर्ममा आस्था राख्नेहरूको विरुद्धको यो षड्यन्त्र र अपमान भएको बताउनु भयो । 

अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरूको सिन्डिकेटतन्त्र कायम भएको टिप्पणी गर्नुभयो। 

राजनीतिक परिवर्तन भएको १७ वर्ष पुगिसक्दा पनि जनता मालिक हुनुको सट्टा लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरूको सिन्डिकेटतन्त्र कायम भएको र प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हाबी भएको बताउनु भयो। 

विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको भन्दै थापाले राष्ट्रवादी देशभक्त र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा आएर  अहिलेको छाडा तन्त्रको विकल्प खोज्नुपर्ने बताउनु भयो।

उहाँले अहिले सङ्घीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत भएको भन्दै विदेशी शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपले बढ्नुकासाथै नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनेको उल्लेख गर्नुभयो ।

उहाँले देशमा कायम रहेको सङ्घीय धर्मनिरपेक्षता र गणतन्त्र असफल साबित भइसकेको दाबी समेत गर्नुभयो। प्रशिक्षणमा क्षेत्र भित्रका केन्द्र ,जिल्ला,नगर र जनवर्गीय सङ्गठन गरी दुई सय पन्ध्रको सहभागिता रहेको छ।