अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्रापछि अध्यक्ष ओली नियमित पार्टी कामतर्फ,आज चितवन जाने

मध्यपहाडी यात्रापछि अध्यक्ष ओली नियमित पार्टी कामतर्फ,आज चितवन जाने



काठमाडौं -तीनसाता लामो मध्यपहाडी यात्रा सकेर काठमाडौं फर्केर केहीदिन आराम र आन्तरिक काममा व्यस्त रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन पार्टीका नियमति काममा सक्रिय हुन थाल्नुभएको छ । अध्यक्ष ओली आज चितवन जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यसतर्फ जाँदैहुनुुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने तयारी छ ।
एमलेले मंसिर १४ गते देखि पुष २ गतेसम्म मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रिय यात्रा गरेको थियो । १९ दिन लामो यात्रामा अध्यक्ष ओलीकै नेतृत्वमा सम्पन्न भएको थियो ।