अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको राजनीतिक बागडोर श्रमजीवी वर्गको हातबाट खोसिँदै गएको छ : महेश बस्नेत

नेपालको राजनीतिक बागडोर श्रमजीवी वर्गको हातबाट खोसिँदै गएको छ : महेश बस्नेत


काठमाडौँ–नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपालको राजनीतिक बागडोर श्रमजीवी वर्गको हातबाट खोसिँदै गएको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल सङ्खुवासभाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले राजनीति वैध, अवैध अनेक काम गरेर स्रोत साधन सङ्कलन गरेका मानिसहरूको हातमा जाने क्रम सुरु भएको बताउनुभएको हो । 

उहाँले निर्वाचन प्रणालीमा व्यापक सुधार गर्न आवश्यक रहेको बताउनुभयो । 

त्यस्तै सार्वजनिक खरिद ऐनका कारण विकास निर्माणको काम पनि ठप्प भएको उहाँले बताउनुभयो । निर्माण व्यवसायी काम नगरेर भाग्दा पनि काममा ल्याउन सक्ने अवस्था नरहेको उहाँले सुनाउनुभयो ।  

बस्नेतले नेपालको जटिल भौगोलिक अवस्थाको कारण पनि साम्राज्यवादी शक्तिको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभयो । चीन र भारतले विश्वलाई नै चुनौती दिने गरी विकास गरेको कारण अन्तर्राष्ट्रिय शक्तिले उनीहरूलाई वाच गर्ने थलो नेपाललाई बनाउन खोजेको उहाँको भनाइ छ । 

एमालेले भर्खरै सम्पन्न गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राले नयाँ सन्देश दिएको उहाँले बताउनुभयो । ‘यसबाट नेकपा एमाले यो मुलुकको सबैभन्दा सशक्त पार्टी हो भन्ने सन्देश हामीले दिएका छौँ’, उहाँले भन्नुभयो । 

अहिले साम्राज्यवादी शक्तिले यो व्यवस्था परिवर्तन गराउने गरी मानिसहरूलाई उचाल्ने प्रयत्न गरिरहेका उहाँले बताउनुभयो ।