अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली चितवनमा

एमाले अध्यक्ष ओली चितवनमा


चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवनमा पुग्नु भएको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएकाे हाे । उहाँलाई भरतपुर विमानस्थलमा पार्टीका नेता-कार्यकर्ता तथा शुभचिन्तकले स्वागत गरेका छन्।

अध्यक्ष ओलीले विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन सत्रलाई सम्बाेधन पनि गर्नुहुनेछ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने तयारी छ।

तीन साता लामो मध्यपहाडी यात्रा सकेर काठमाडौं फर्केर केही दिन आराम र आन्तरिक काममा व्यस्त रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: पार्टीका नियमति काममा सक्रिय हुन थाल्नुभएको छ । 

एमलेले मंसिर १४ गते देखि पुष २ गतेसम्म मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रिय यात्रा गरेको थियो । १९ दिन लामो यात्रामा अध्यक्ष ओलीकै नेतृत्वमा सम्पन्न भएको थियो ।