अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले जनतालाई समृद्धि र सुशासन दिन सकेन: अध्यक्ष ओली

गठबन्धन सरकारले जनतालाई समृद्धि र सुशासन दिन सकेन: अध्यक्ष ओली


चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रका जनतालाई वर्तमान गठबन्धन सरकारले समृद्धि र सुशासन दिन नसकेको बताउनु भएको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन आइपुग्नु भएका अध्यक्ष ओलीले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुरा गर्दै मध्यपहाडी क्षेत्रका जनताले समृद्धि र सुशासन माग गरेका बताउनु भयो ।

cWoIf cf]nLsf] :jfut z’elrGts gf/fo0fu9 -lrtjg_, !# k’; M g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_sf s]kL zdf{ cf]nLnfO{ z’qmaf/ e/tk’/ ljdfg:yndf :jfut ub}{ g]skf Pdfn]sf g]tf, sfo{stf{ / z’elrGts . tl:a/ M ;gb clwsf/L÷/f;;

अध्यक्ष ओलीले ‘मध्यपहाडका जनताले सुशासन चाहियो, समृद्धि चाहियो भनेका छन् । अहिलेको गठबन्धन सरकारले सुशासन र समृद्धि दिन सकेन।’

अहिलेको सरकारको विकल्प जनताले खोजेका हुन् त ? भनेर पत्रकारले गरेका प्रश्नमा उहाँले भन्नुभयो, ‘तपाईंहरू नै भन्नुस् अहिलेको सरकारको विकल्प जनताले चाहेका हुन् ?’