अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनबाट अध्यक्ष ओलीको टिप्पणी: प्रचण्डले राष्ट्रको नाममा गर्नुभएको सम्बोधन धामीको मन्त्रजस्तो

चितवनबाट अध्यक्ष ओलीको टिप्पणी: प्रचण्डले राष्ट्रको नाममा गर्नुभएको सम्बोधन धामीको मन्त्रजस्तो


चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधन धामीको मन्त्रजस्तो भनेर टिप्पणी गर्नु भएको छ।

चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गर्नु भएको हो।

धामीले मन्त्र पढ्दा आवाज निकाल्ने शैलीमै गुनगुनाउँदै ओलीले भन्नुभयो, ‘केही बुझ्नु भयो तपाईंले ? त्योभन्दा केही छर त्यसमा ?’ प्रधानमन्त्री प्रचण्डले यो एक वर्षको अवधिमा के-के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको अध्यक्ष ओलीको भनाइ थियो ।