अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको छ: ओली

वर्तमान सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको छ: ओली


चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो पार्टी एमालेले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको गठबन्धन सरकार कामलाई नजिकबाट खबरदारी गरिरहेको बताउनु भएको छ।

चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हो । उहाँले नराम्रा काम गरेर उम्किन्छु भन्ने नसोच्न चेतावनी समेत दिनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कसैले ढाँट छल गर्न खोज्ला, कसैले लुकिछिपीकन नचाहिने काम गर्न खोज्ला, तर नेकपा एमालेले दूरबिन लगाएर कुनाकुनामा हेरेको छ। सरकारका काम पाइला पाइलामा हेरेको छ। हरेक ठाउँमा एमालेले हेरेको छ। तसर्थ नराम्रा काम गरेर उम्किन्छु भनेर कसैले नसोचे हुन्छ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर सार्वजनिक रुपमा भन्न चुनौती दिनुभयो।

नेपाली कांग्रेसलाई धार्नी र माओवादी केन्द्रलाई बिसौलीको संज्ञा दिँदै अध्यक्ष ओलीले एजेण्डाविहीन पनि भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिले एक धार्नीको कांग्रेस, बिसौलीको माओवादी, यस्तै छन् धार्नी बिसौलीवाला । माओवादी कांग्रेस पार्टीबीच अहिले छलफल चलिराख्या छ, जनताका बीचमा के भन्न जाने हो ? कुन मुखले जाने, के कुरा लिएर जनताकहाँ जाने ? कांग्रेसका केन्द्रीय बैठकहरुले त्यसको समाधान पाएका छैनन् । तर हाम्रो पार्टीको काँधमा यो देशको राष्ट्रियताको रक्षा गर्ने अभिभारा छ ।’