अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकल्प यात्रा जस्ता कार्यक्रम एमाले बाहेक अरूले गर्न सक्दैन: अध्यक्ष ओली

संकल्प यात्रा जस्ता कार्यक्रम एमाले बाहेक अरूले गर्न सक्दैन: अध्यक्ष ओली


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैं बग्ने नदी भएकाे बताउनुभएकाे छ।

नेकपा एमाले चितवनले शुक्रबार कालिका नगरपालिकास्थित खोलेसिमलमा आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हो ।

पार्टीले हालै समृद्धिका लागि संकल्प यात्रा गरेकाे भन्दै अध्यक्ष ओलीले यस्ता कार्यक्रम एमाले बाहेकअरुले गर्नै नसक्ने बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘एमाले सधैं बग्ने नदी हाे, चुनावदेखि चुनावसम्म संसद्‍देखि संसद्सम्म, मन्त्रीदेखि मन्त्रीसम्म, पालिकादेखि पालिकासम्मकाे चुनाव हाेइन, त्यसैकारण महाकालीकाे झुलाघाटदेखि पाँचथरकाे चिवाभञ्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गर्‍याे, अहिले चुनाव छैन, जनतासँग प्रत्यक्ष भेटघाट, त्यहाँका समस्याकाे स्थलगत अध्ययन, समाधान गर्ने कसरी त्यसबारे छलफल गर्‍याैं, नेकपा एमालेले मात्र यस्ता कार्यक्रम गर्न सक्छ।’

पार्टीकाे सिंगाे नेतृत्व पंक्तिले यसरी कठिन यात्रा गरेकाे याे यात्रा ए‍ेतिहासिक र असाधारण रहेकाे बताउनुभयाे। बास बस्न र खानपानमा समस्या नहुने भए जनसागर नै उर्लिने समेत उहाँले बताउनुभयाे।

अध्यक्ष ओलीले एमालेकाे पक्षमा देश उठेकाे दाबी गर्नुभयाे। एमाले सिध्याउँछाैं भन्नेहरुकाे सपना विफल पारिएकाे भन्दै उहाँले यस्ता सपना नदेख्न चेतावनी दिनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘देश उठेकाे छ, जागेकाे छ, फेरि जाग्छ, एमाले सिध्याउँछाैं भनेर लाग्दा त कसैले सिध्याउन सकेन, अब त एमाले मात्रै हाे याे देश बनाउने, देशलाई अगाडि बढाउने याे कुरा स्थापित भएकाे छ।’