अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारीमा मारिएका युवाका परिवारलाई सरकारले रोजगारी देओस : अध्यक्ष ओली

बालकुमारीमा मारिएका युवाका परिवारलाई सरकारले रोजगारी देओस : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताउनुभएको छ ।

मृतक रावत र शाहको परिवारलाई सरकारले तत्काल रोजगारी र राहत दिनुपर्ने अध्यक्ष ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
रावत र शाहका परिवारको पीडा सुन्दा मन बेचैन भइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने काम नगर्न समेत अध्यक्ष ओलीले सरकारलाई चेतावनी दिनुभएको छ ।उहाँले लेख्नुभएको छ ( ुबालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ, छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ, कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ, छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् ।