अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी प्रदेश अब आफ्नै भवनमा सर्ने

एमाले गण्डकी प्रदेश अब आफ्नै भवनमा सर्ने


कास्की- नेकपा एमाले गण्डकी प्रदेशले अब आफ्नै कार्यालय खरिद गर्ने भएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले १० करोडमा घर खरिद गर्ने भएको हो । पोखरा ८ सिर्जना चोकमा रहेको घर ९ करोड ६५ लाखमा खरिद गर्ने सम्झौता भइसकेको सचिव धनन्जय दवाडीले जानकारी दिनुभयो ।
दवाडीका अनुसार पास समेत गर्दा १० करोडभन्दा बढी लाग्छ । ‘४ महिनाभित्र घर पार्टीको नाममा पास गर्ने सहमति भएको छ,’ दवाडीको भनाइ छ , ‘रकम चाहिँ पार्टी सदस्यबाटै उठाउने निर्णय गरेका छौँ ।’
यसअघिको बैठकले प्रत्येक सदस्यबाट ५ सय नघट्ने गरी उठाउने निर्णय गरेको थियो । गण्डकीमा ६३ हजार पार्टी सदस्य रहेका एमालेको दाबी छ । पार्टी सदस्यबाट मात्रै ३ करोड १५ लाखभन्दा बढी उठ्छ । बाँकी रकम शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने पार्टीको योजना छ । ।
यस्तै, एमालेले जिल्लाका अधिवेशन चैतभित्र सक्ने निर्णय गरेको छ । ११ वटै जिल्ला अधिवेशन चैतमा सक्ने र त्योभन्दा पहिले माघभित्र जनवर्गीय संगठनको अधिवेशन हुने एमाले गण्डकीले बताएको छ ।