अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रसुवामा प्रशिक्षक तयार गर्न प्रशिक्षण कार्यक्रम

एमाले रसुवामा प्रशिक्षक तयार गर्न प्रशिक्षण कार्यक्रम


काठमाडौं – नेकपा एमाले रसुवाले जिल्लामा पार्टीका प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमाले पार्टी स्कुल विभागको संयोजन तथा जिल्ला कमिटी रसुवाको व्यवस्थापनमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको शनिबार एमाले महासचिव शंकर पोखरेलले रसुवाको कालिकास्थानमा शुभारम्भ गर्नुभयो ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन पार्टी महासचिव पोखरेल सहित जनसंगठन संयन्त्र संयोजक भानुभक्त ढकाल लगायतले प्रशिक्षण दिनुभएको छ । दुई दिने कार्यक्रममा पार्टी वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

जिल्लामा प्रशिक्षक तयार भएपछि उहाँहरूले जिल्लादेखि पालिका र वडा तहसम्म गएर प्रशिक्षण दिनु हुने छ । पार्टीका नेता कार्यकर्तालाई वैचारिक र सैद्धान्तिक रूपमा क्षमतावान् बनाउन सो कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।