अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ आज,  अध्यक्ष ओली वक्ताका रुपमा सहभागी हुने 

कांग्रेसको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ आज,  अध्यक्ष ओली वक्ताका रुपमा सहभागी हुने 


काठमाडौँ–नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह,  शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो । 

कांग्रेसले आज काठमाडौँको प्रज्ञाभवनमा   संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरुबिच मेलमिलाप भन्ने नाराले कार्यक्रम गर्दैछ ।  कार्यक्रममा वक्ताका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर रहेका छन् । 

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवाले फोन गरेर वक्ताका रुपमा निम्तो गर्नुभएको थियो ।