अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारी घटना : सरकारले गर्‍यो उच्चस्तरीय आयोग गठन

बालकुमारी घटना : सरकारले गर्‍यो उच्चस्तरीय आयोग गठन


काठमाडौँ–सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन गरेको हो । 

पौडेल नेतृत्वमा गठन भएको आयोगको सदस्यमा पूर्वएआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहनुभएको छ । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।