अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन : आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

राष्ट्रिय सभा निर्वाचन : आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै


काठमाडौँ–राष्ट्रिय सभा निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको नियुक्ति हुने निर्वाचन आयोगले जनाएको छ ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम रहेको छ । यसअघि निर्वाचनमा भाग लिने प्रयोजनका लागि   आयोगमा दल दर्ता भइसकेका छन् ।

आयोगले ७ वटा प्रदेशका २–२ ठाउँमा गरी १४ ठाउँमा मतदान केन्द्र तोकिसकेको छ । १९ जनाको निर्वाचनका लागि ५४९ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने छन् ।