अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउत प्रहरी नियन्त्रणमा 

निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउत प्रहरी नियन्त्रणमा 


काठमाडौँ–निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित  कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् । धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिँदा पनि नमानेपछि उनीहरूलाई धरपकड गरेको बताइएको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।