अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीले बालकुमारीमा घटना भयो: गगन थापा

यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीले बालकुमारीमा घटना भयो: गगन थापा


काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण बालकुमारी घटना भएको बताउनु भएको छ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको थापाले बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबर्जस्ती हो। चरम लापरबाही हो हेपेको हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई युवाको ज्यान गयो । यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन ।’

समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने महामन्त्री थापाले बैठकमा बताउनु भयो ।

महामन्त्री थापाले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताउँदै यसमा श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको थापाले बताउनु भयो ।

साउनदेखिको ईपीएसको विषयमा सम्बोधन नगर्नु सरकारको पनि लापरबाही भएको उहाँले बताउनु भयो ।