अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई अध्यक्ष ओलीको कटाक्ष: प्रचण्ड सरकारसँग सन्तुष्ट छ, तलाउमा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउन चाहन्नँ

कांग्रेसलाई अध्यक्ष ओलीको कटाक्ष: प्रचण्ड सरकारसँग सन्तुष्ट छ, तलाउमा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउन चाहन्नँ


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता सञ्चालनप्रति नेपाली कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष गर्नुभएकाे छ।

राष्ट्रिय मेलमिलाप तथा एकता दिवसकाे अवसरमा नेपाली कांग्रेसले साेमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले सरकारका कामकारबाहीप्रति सन्तुष्ट कांग्रेसको तलाउमा ढुंगा हान्ने इच्छा आफ्नाे नरहेकाे बताउनुभयाे।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको स्थिति, परिस्थिति र राज्य सञ्चालनमा आफ्नाे भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुंगो फुत्त फालेर तरंग ल्याउन मेराे कुनै इच्छा छैन, त्यसकारण त्यतातिर म जान्नँ, कुनै अमन चयनमा खलल पुर्‍याउन पनि चाहान्नँ।’

उहाँले आफूलाई महामन्त्री विश्वकर्मा शर्माले मेलमिलाप दिवसमा आउनासाथ भाटे कारबाही गरेको भन्दै व्यंग्य गर्नुभयो। उहाँले व्यग्य गर्दै भन्नुभयो, ‘विश्वप्रकाशजीले अर्काको घर किन बनाइस् कलकत्ता जान गंगाको बाटो किन भनिस् ट्रक नै कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् । ट्यांकर चलाउनुपर्ने ठाउँमा । बयलगाढा चलाइराख्याथ्यो हुलाकी राजमार्ग किन बनाइस्, ठूला कुरा गर्ने ? उहाँले आफ्नो प्रचलित शैलीमा लकार्नुभो । त्यसको पनि म जवाफ दिन्नँ त्यतापट्टि पनि म जान्नँ ।’

कांग्रेसका नेताहरु आजको सन्दर्भमा राष्ट्रिय एकता, महत्व, सान्दर्भिकता र आजको दिनमा यसलाई कसरी रुपान्तरित गर्नुपर्ने बताउनु भयो।