अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारी घटनाबारे अध्यक्ष ओलीको प्रश्न: मान्छे किन मारियो ?

बालकुमारी घटनाबारे अध्यक्ष ओलीको प्रश्न: मान्छे किन मारियो ?

मन्त्री हुलमा गाडी लिएर किन जानुपर्‍यो ?


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा दुई युवाकाे ज्यान जानेगरी भएकाे घटनाप्रति कडा आपत्ति जनाउनुभएकाे छ।

राष्ट्रिय मेलमिलाप तथा एकता दिवसकाे अवसरमा नेपाली कांग्रेसले साेमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले आन्दाेलन गरिरहेकाे हुललाई उत्तेजित बनाएर गोली हानी मान्छे मार्ने काम सरकारबाट भएकाे भन्दै आपत्ति जनाउनुभयाे।

आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्‍याे भन्ने प्रश्न उहाँले गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘मान्छे मारिए किन ? किन मारिनुपर्‍याे ? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो ? नगइ नहुने त्यहाँ के पर्‍याे ? थुप्रै प्रश्न उठेको छ तिनको जवाफ के हो ? हुलमा गएर निहुँ खाेजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारेर, गोली मात्रै चलाइएको होइन बन्दुले यसरी हानेकाे छ कि मान्छे घुत्रुकै मरेकाे छ।’