अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको कमजोरी छोप्न एमालेमाथि हमला गर्ने काम भइरहेको छ: अध्यक्ष ओली

सरकारको कमजोरी छोप्न एमालेमाथि हमला गर्ने काम भइरहेको छ: अध्यक्ष ओली


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकाे कमजाेरी छाेप्न एमालेमाथि हमला गर्ने काम भइरहेको भन्दै आपत्ति जनाउनुभएकाे छ।

राष्ट्रिय मेलमिलाप तथा एकता दिवसकाे अवसरमा नेपाली कांग्रेसले साेमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले केही मिडियाले सरकारकाे कमजाेर ढाकछाेप गर्न नियाेजित रुपमा एमालेमाथि हमला गरिरहेका बताउनुभयाे।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘अनलाइन खबरमा हेर्‍या थिएँ, सरकारले काम गर्न सकेन भन्दैन, सरकारले किन युवा मार्‍याे भन्दैन, विदेसिइरहेका युवाहरुलाई राेक्न सरकारले किन कदम चाल्दैन भन्दैन, सरकार यत्राे नालायकी देखाएकाे छ एमाले के हेरेर बसेकाे छ ? हमला एमालेमाथि छ, प्रचारकाे तरीका नि एउटा।’

भिडलाई उत्तेजित बनाएर युवा मार्ने काम भइरहेकाे भन्दै अध्यक्ष ओलीले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्‍याे भन्ने प्रश्न समेत उहाँले गर्नुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘मन्त्री झण्डा हल्लाएर जान्छ एमालेले के हेरेर बसेकाे छ भन्न मिल्छ, हामीलाई पूर्व सूचना थियाे ?’