अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रदेश पदाधिकारीको १९ गते काठमाडौँमा भेला हुने

एमाले प्रदेश पदाधिकारीको १९ गते काठमाडौँमा भेला हुने


काठमाडौँ–नेकपा एमाले प्रदेश पदाधिकारीको यही पुस १९ गते काठमाडौँमा भेला हुने भएको छ । नवनिर्वाचित प्रदेशका पदाधिकारीको १९ गते भेला हुन लागेको हो । 

भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ । 

भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । पार्टी नेताहरूले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ ।