अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई साइजमा राख्न र सत्तामा बस्न प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा ‘एमाले–कार्ड’ अघि सार्नुभयो : नेता रिजाल 

कांग्रेसलाई साइजमा राख्न र सत्तामा बस्न प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा ‘एमाले–कार्ड’ अघि सार्नुभयो : नेता रिजाल 


काठमाडौँ– नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई साइजमा राख्न र बाँकी एक वर्ष सत्तामा बस्न राष्ट्रियसभा निर्वाचनमा ‘एमाले–कार्ड’ अघि सारेको बताउनुभएको छ । 

सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले गहिरिँदो सत्ता संकट धकेल्न, कांग्रेसलाई ‘साइज’मा राख्न र कबुलियतनामा भएको बाँकी एक वर्ष सत्तामा बस्न प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा ‘एमाले–कार्ड’ अघि सारेको बाहेक यो होहल्लामा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभएको हो । 

उहाँले लेख्नुभएको छ,’उहाँलाई एमालेलाई देखाएर सत्ता लम्ब्याउनु छ, कम्तीमा अहिलेका लागि राष्ट्रियसभामा एकाध सिट बढाउनुछ र एक वर्षपछि हामी कुनै पनि प्रमुख पदमा हुँदैनौँ भनेर सकिन्छ भने राष्ट्रियसभा अध्यक्ष लिनुछ ।’ 

नेता रिजालले माओवादीबाट ‘प्ले’ गराइएको (कु) सूचनाको अरु कुनै प्रयोजन नभएको पनि दाबी गर्नुभयो ।