अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : एमाले प्रदेश कमिटीले आज आकांक्षी उम्मेदवारको नाम केन्द्रमा पठाउने

राष्ट्रियसभा निर्वाचन : एमाले प्रदेश कमिटीले आज आकांक्षी उम्मेदवारको नाम केन्द्रमा पठाउने


काठमाडौँ–नेकपा एमाले प्रदेश कमिटीले राष्ट्रिय सभा निर्वाचनका लागि आज केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने भएका छन् । प्रदेश कमिटीले आज राष्ट्रियसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम केन्द्रमा पठाउन लागेका हुन् । 

प्रदेश कमिटीले आजसम्म आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्ने र त्यसपछि केन्द्रले उम्मेदवारको टुंगो लगाउने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले नयाँलाई प्राथमिकता दिइने बताउँदै बाँकी छलफल जारी रहेको जानकारी दिनुभयो । 

प्रमुख गौतमले प्रदेशबाट आकांक्षी उम्मेदवारको नाम केन्द्रमा पुगेपछि आवश्यक छलफल गरेर उम्मेदवारको टुंगो लगाइने बताउनुभयो । एमालेले नयाँ र युवालाई प्राथमिकतामा राखेर उम्मेदवार छनोट गर्ने उहाँले बताउनुभयो । 

आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ । त्यसको लागि दलहरुले उम्मेदवारको टुंगो लगाउन थालेका छन् ।