अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वविद्यालयमा उपकुलपति नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्छ : अध्यक्ष बडाल

विश्वविद्यालयमा उपकुलपति नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्छ : अध्यक्ष बडाल


काठमाडौँ– नेकपा एमाले विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले  विश्वविद्यालयमा उपकुलपति नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने बताउनुभएको छ ।

पब्लिक यूथ क्याम्पस कमिटी काठमाडौँको १३औँ क्याम्पस कमिटी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय सुधारका लागि उपकुलपति नियुक्ति  खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने बताउनुभएको हो ।  

‘आज विश्व विद्यालयहरूको अवस्था किन यस्तो भयो ? यसमा हामी सबै गम्भीर हुनु जरुरी छ ।  जब विश्वविद्यालयहरू राजनीतिक भागबन्डाको सिकार भए, परिणाम स्वरूप शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ’, उहाँले भन्नुभयो । 

अध्यक्ष बडालले विश्वविद्यालय सुधारका लागि अनेरास्ववियुले संघर्ष गर्ने बताउनुभयो । सम्मेलनले नीराजन विक्रम शाहीको अध्यक्षमा ३७ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ ।