अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचनका विषयमा गठबन्धनका दलहरूले एमालेसँग पनि छलफल गर्ने

राष्ट्रियसभा निर्वाचनका विषयमा गठबन्धनका दलहरूले एमालेसँग पनि छलफल गर्ने


काठमाडौँ-राष्ट्रियसभा निर्वाचनका विषयमा सत्तारूढ गठबन्धनका दलहरूले नेकपा (एमाले) सँग छलफल गर्ने भएको छ। आज साँझ सत्तारुढ गठबन्धनका दलहरू र एमालेबीच छलफल गर्ने तय भएको हो।

छलफलमा काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक आज अपराह्न पाँच बजे बस्ने सहमति भएको र साँझ पाँच बजे नेकपा एमालेसँग संयुक्त बैठक बस्ने निर्णय भएको हो।

निर्वाचनमा उम्मेदवारको भागबन्डा मिलाउनका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरूले आज बिहान बालुवाटारमा छलफल गरिसकेका छन्।

दुई दलका नेताबीच मङ्गलवार पनि छलफल भएको थियो । तर,छलफलले उम्मेदवारको टुङ्गो भने लगाइसकेको छैन । माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।