अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दोलखाको अधिवेशन माघ १९ गते हुने 

एमाले दोलखाको अधिवेशन माघ १९ गते हुने 


काठमाडौं-नेकपा एमाले दोलखाको १०औं जिल्ला अधिवेशन यही माघ १९ देखि २१ गतेसम्म आयोजना गरिएको छ।

जिल्ला अधिवेशन आयोजक कमिटीको तेस्रो बैठकले माघ १९ देखि २१ गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो ।  

अधिवेशन आयोजक कमिटीका संयोजक नरबहादुर श्रेष्ठको अध्यक्षता तथा पार्टी पोलिटब्युरो सदस्य कमल चौलागाईंको प्रमुख आतिथ्ययतामा भएको बैठकले जिल्ला अधिवेशनको लागि नरबहादुर श्रेष्ठको संयोजकत्वमा ५ सय १ सदस्सीय मूल समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले अधिवेशनका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ। 

बैठकमा पार्टी पोलिटब्युरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्य सरस्वती बस्नेत, वाग्मती प्रदेश कमिटी सदस्यहरू तथा जिल्ला कमिटीका पूर्व अध्यक्षको समेत सहभागिता रहेको एमाले दोलखाका नेता राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।