अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दैलेखको जिल्ला अधिवेशन माघ २७ गते हुने

एमाले दैलेखको जिल्ला अधिवेशन माघ २७ गते हुने


दैलेख-नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन यही माघ २७, २८ र २९ गतेसम्म हुने भएको छ। एमाले जिल्ला कमिटीको बैठकले पार्टीको आठौँ जिल्ला अधिवेशन माघ २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो।

एमाले पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायका अनुसार जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने बताउनु भयो। उहाँले दलितको हकमा भने २० जना संगठित सदस्य बराबर एकजना प्रतिनिधि अधिवेशनमा सहभागी हुन पाउने बताउनु भयो।

आठौँ जिल्ला अधिवेशनमा भने अहिलेको जिल्ला कमिटीका १०६ जना आयोजक हुने जनाइएको छ। एमालेले सार्वजनिक गरेको विवरणअनुसार यहाँका ११ वटा स्थानीय तहमा पार्टीका ६ हजार ६५३ जना संठित सदस्य छन्।

पार्टी कार्यालय सचिव उपाध्यायका अनुसार आठबीस नगरपालिकामा ८१८ जना संगठित सदस्य रहेका छन्। ठाँटिकाँध गाउँपालिकामा ४५३ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकामा ७२२, दुल्लु नगरपालिकामा १ हजार २०२ र भैरवी गाउँपालिकामा ५१९ जना संगठित सदस्य रहेका छन्।

यसैगरी महाबु गाउँपालिकामा ३८७, नौमूले गाउँपालिकामा २०९, नारायण नगरपालिकामा ९८२, भगवतीमाई गाउँपालिकामा ३१९, डुंगेश्वर गाउँपालिकामा ५१९ र गुराँस गाउँपालिकामा ५१६ जना गरी एमाले दैलेखमा ६ हजार ६५३ संगठित सदस्य रहेका छन्।