अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक छ: पृथ्वीसुब्बा गुरुङ

कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक छ: पृथ्वीसुब्बा गुरुङ


काठमाडौं-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समाजवादको लक्ष्य पूरा गर्न कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताउनु भएको छ।

आजको वामपन्थबारे बुधबार भएको छलफलमा उपमहासचिव गुरुङले कम्युनिष्टहरुबीच कार्यगत एकता हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी शान्तिपूर्ण बाटोमा छौं। अहिले सबैको कार्यनीति चुनावमा लड्ने बहुमत आयो भने सरकार बनाउने जनताको सेवा गर्ने, अब सबैको लक्ष्य समाजवाद प्राप्त गर्ने, अनि फरक केमा छ ? सबै कुरा एउटै छ भने पार्टीको नाम किने अलग अलग राख्ने, नेताहरु किन अलग अलग बनाउने ? सकिन्छ भने एकताबद्ध कम्युनिष्ट पार्टी चाहियो । त्यो सकिँदैन भने संयुक्त मोर्चा चाहियो । नभए कार्यगत एकता हुनसक्छ चुनावमा । सरकार चलाउँदा हुनसक्छ या अरु संघर्षको मुद्दामा कार्यगत एकता हुनसक्छ । त्यो बाटोमा लाग्नुको विकल्प छैन ।’

कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्ने उहाँको भनाइ छ।